चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट माडीको मेयर पदमा ऋषिराम काफ्लेले टिकट पाउनुभएको छ ।
शिक्षण सेवाबाट राजीनामा गरी पूणर्कालीन राजनीतिमा लाग्नुभएका काफ्लेलाई पाँच दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रले नगर प्रमुखमा अगाडि सारेको हो । माडी-५ निवासी काफ्ले पार्टीको माडी नगर सह-ईञ्चार्ज समेत रहनुभएको छ ।
माओवादी केन्द्रबाट नगरप्रमुखमा काफ्लेसंगै हालका नगरप्रमुख ठाकुर प्रसाद ढकाल र पार्टीका नगर अध्यक्ष प्रभु प्रसाद महतोको नाम सिफारिस भएको थियो