चितवन । नेकपा (एमाले) फुट पछि जन्मेको माधव कुमार नेपाल नेतृत्वको नेकपा (एस)ले भरतपुरमा एक्लै चुनाव लड्ने तयारी थालेको छ ।
मओवादी कांग्रेसले गठबन्धन पुर्णरुपमा मिलेको बताएपनि एकिकृत समाजवादीले आफुहरुलाइ पेल्न खोजेको भन्दै वार्ता तथा छलफलहरुमा उपस्थित नभएको बुझिएको छ। श्रोतका अनुसार नेकपा (एस) वार्ता तथा छलफलहरुमा उपस्थित भएको छैन । महानगरको २९ वटा वडामै उम्मेदवारी दिने तयारी थालेको छ ।
नेकपा (एस)का एक नेताले गठबन्धनका सम्बन्धमा समग्र चितवनका पालिकागत सहमति अनुसार हाल सम्म ईच्छाकामना बाहेक अन्य कुनै पनि पालिकामा सहमति नभएको जानकारि गराउदै , नेकपा एकीकृत समाजबादी को तर्फबाट २९ वटै वडामा आफ्नो उमेदवारि मनोनयनको तयारि रहेको बताए ।