चितवन । नेकपा एमालेका नेता एवम् भरतपुर महानगरकालागि एमालेका मेयरको उम्मेदवार विजय सुवेदीले आफु शासक नभएको बताएका छन् ।
मेयरका उम्मेदवार सुवेदीले चितवन प्रेससँग कुरागर्दै आफनो योग्यता क्षमता अनुसार सबैले महानगरलाई सेवा गर्ने, सबैको साथ सहयोग आउन सक्ने गरि, कसैको श्र्रम शक्ति खेर नजाने गरि सबै श्रोत साधन महानगरको विकासमा प्रयोग हुन सक्ने गरि योजना बनाउने बताए ।
सुवेदीले देश, विदेशबाट समेटेर विद्धानहरुलाई महानगरको कार्यलयमा विज्ञहरुको कोठा नै बनाएर राख्ने बताए । उनले भने, ‘महानयरको कार्यलयमा विज्ञहरुको कोठा हुन्छ, उहाँहरुका सल्लाह र सुझाव लिँदै जनताहरुसँग जनमत गर्दै, कानुन बनाउदाँ हरेक कुराहरुगर्दा सहभागिता मुलक एउटा प्रजातन्त्रको अभ्यास अनुसार सबैको राय सुझाव गर्दै गछौँ, हामी शासक होइन सेवक हौँ ।’