चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । उनले उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाइन् ।
वैशाख ३० मा हुने स्थानीय चुनावमा फेरि भरतपुर महानगरको मेयरमा उम्मेदवार दिने भएपछि दाहालले आज राजीनामा गरेकी हुन् ।
५ दलीय गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रबाट उम्मेदवार उठाउने सहमति गरेको छ । माओवादी केन्द्रबाट रेनु दाहाल नै उठ्ने पक्का भएको छ ।