चितवन । नेपाली कांग्रेसका चितवन सभापति राजेश्वर खनालले भरतपुर महानगरको मेयर र उपमेयरका आकांक्षीको सुची बुझेका छन् ।
नेपाली कांग्रेस भरतपुर महानगर कमिटीले खनाललाई महानगरमा मेयर र उपमेयरमा दावेदार गरेका नेताहरुको सुची बझाएको छ ।
महानगरका सभापति चित्रसेन अधिकारीको नेतृत्वमा गएको टोलीले सभापति खनाललाई पार्टी कार्यालय कमलनगरमा भेटेर आकांक्षीको सुची बुझाएको हो । भरतपुरको मेयरमा कांग्रेसको तर्फबाट २५ जना र उपमेयरमा २४ जनाले दावी गरेका छन् ।