चितवन । राप्रपाले चितवनको सभामा ५० हजार जनता उतार्ने दावी गरेको थियो । भरतपुरको केन्द्रीय बसपार्कमा भएको आजका सभामा ५० हजार जनता थिए त ? जेहोस् राप्रपा पार्टीको यत्रो सभा यसअघि कहिल्यै भएको थिएन ।
चितवनमा राप्रपाको यही सभामा ३ हजार बढी अन्य पार्टीका जनताहरु प्रवेश गरेका दावी गरिएको छ । भरतपुरमा आयोजित आमसभामा ३ हजार २ सय ४ जना पार्टी प्रवेश गरेको जिल्ला प्रवक्ता राजु भण्डारीले चितवन प्रेसलाई जानकारी दिए । चितवनका सबै पालिकाबाट तीन हजार बढी जनता राप्रपामा प्रवेश गरेको उनले बताए । चितवनको आजको राप्रपाको सभामा ५० हजार जनता उतार्ने भनेअनुसार नै उपस्थित भएको पाइएको उनको दावी छ ।