चितवन । राप्रपाका केन्द्रीय महामन्त्री कुन्ती शाहीले नेपाललाई हिन्दूराष्ट बनाउन माग गरेकी छन् ।
भरतपुरमा आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै शाहीले धर्मबाट शासन चलाउने काम भएको बताउँदै समाजलाई राम्रो बाटोमा लैजान धर्म संस्कृति चाहिने र नेपाललाई राप्रपाको शक्तिले मात्र हिन्दूराष्ट्र बनाउन सकिने बताइन् । उनले देशको विकास गर्नलाई राप्रपाका उम्मेदवारलाई पालिकामा जिताउनुपर्ने दावी गरिन् ।