चितवन । पहिले कमल थापाको नेतृत्वमा रहेको राप्रपा अहिले युवा नेता राजेन्द्र लिङ्देन नेतृत्वमा आइपुगेको छ । जब राप्रपा राजेन्द्र लिङदेनको नेतृत्व आयो, यस पार्टीको क्रेज देशभर बढेको पाइयो । राजसंस्थाको वकालत गर्दै हिँडेको राप्रपामा पछिल्लो समय आकर्षण बढिरहेको छ, आखिरी यसको प्रमुख कारण के हो ?
गत मङ्सिरमा सम्पन्न पार्टीको महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी भएपछि राप्रपाको पक्षमा देशव्यापी आकर्षण बढ्दै गएको पाइन्छ । नेतामा हुने गुण भएका, युवा र देश र विकासप्रति राजेन्द्र लिङ्देनको स्पष्ट धारणाका कारण राप्रपामा आकर्षण बढेको विष्लेषण भइरहेको छ ।
राप्रपाले स्थानीय निर्वाचनको मुखमा भोलि वैशाख २ गते चितवनमा शक्ति प्रदर्शन गर्दैछ। भरतपुरको केन्द्रीय बसपार्कमा हुने शक्ति प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङदेनदेखि चलचित्रकर्मी रेखा थापासम्मका नेताको दमदार भाषण प्रस्तुत हुनेछ । कुनै समय आफूलाई सामाजिक अभियन्ताको रुपमा परिचित ज्ञानेन्द्र शाहीलाई अध्यक्ष लिङदेनले पार्टीमा प्रवक्ताको रुपमा स्थान दिएपछि राप्रपामा थप आकर्षण बढेको छ ।
चितवनमा शक्ति प्रदर्शन गर्न लागेको राप्रपामा पछिल्लो समय खस्कँदो साखलाई अध्यक्ष राजेन्द्र लिङदेनले जुरुक्क उठाएका छन् । यो पार्टीको शक्ति अझै कायम छ भन्ने सन्देश दिन पनि यसले देशका विभिन्न ठाँउमा शक्ति प्रदर्शन गरिरहेको छ, जहाँ हजारौँहजार जनताको उपस्थिति देखिन्छ ।
नेता शाही सामाजिक अभियन्ता हुँदा चितवनमा निर्घातरुपमा कुटिए । चितवनमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौँ लगिएको थियो । भ्रष्टाचारविरुद्धको अभियानमा चौबिसकोठीमा हुने सभामा भाग लिन आउँदाआउँदै शाही चढेको गाडीमाथि ढुंगा, इँट्टा प्रहार भएको थियो । निर्घात कुटपिटपछि पहिलो पटक शाही चितवनको सभामा भाग लिन आउन लागेको हुन्, त्यो पनि राप्रपाको प्रवक्ता भएर ।
रेखा थापादेखि पशुपति शमशेर राणासम्मका नेता आउने राप्रपाको सभामा ५० हजार जनता उतार्ने दावी गरिएको छ । राप्रपा चितवन अध्यक्ष रुद्र ढकालका अनुसार चितवनलगायत आसपासका जिल्लाबाट जनता आउनेछन् । राप्रपाका उपाध्यक्षसमेत रहेका विक्रम पाण्डेको गृह जिल्ला पनि हो चितवन । एक त उपाध्यक्षको गृहजिल्ला त्यसमाथि अहिले चितवनमा राप्रपा प्रतिको युवा आकर्षण । जसका कारण चितवनको सभा भव्य हुने राप्रपाले ठूलो आश गरेको छ ।
चितवनमा शक्ति प्रदर्शन गर्न लागेको राप्रपामा पछिल्लो समय खस्कँदो साखलाई अध्यक्ष राजेन्द्र लिङदेनले जुरुक्क उठाएका छन् । यो पार्टीको शक्ति अझै कायम छ भन्ने सन्देश दिन पनि यसले देशका विभिन्न ठाँउमा शक्ति प्रदर्शन गरिरहेको छ, जहाँ हजारौँहजार जनताको उपस्थिति देखिन्छ ।
राप्रपाको चितवनको शक्ति प्रदर्शन वैशाख ३० गते को स्थानीय निर्वाचन लक्षित हो । तर राप्रपा चितवनले यसलाई चुनावलक्षित सभा भनेको छैन । चितवन राप्रपाले भ्रष्टाचार, बेथिति, अनियमितता विरुद्धको सभा भनेर प्रचार गरेको छ ।
चितवनमा राप्रपाले शक्ति प्रर्दशन आयोजना गरिरहँदा यहाँ उसको शक्ति कति छ त ? यससम्बन्धी पनि चर्चा गरौँ ।
यसअघिको स्थानीय निर्वाचनलाई हेर्ने हो भने राप्रपा चितवनको सात पालिकामध्ये सबैभन्दा बलियो नगरपालिका माडी देखिन्छ । यसअघिको स्थानीय निर्वाचनमा माडीमा राप्रपाबाट मेयरमा उठेको उम्मेदवारले अन्तिमसम्म पनि कडा टक्कर दिएका थिए। २०७४ सालको स्थानीय निर्वाचनमा माडीमा मेयरका राप्रपाका उम्मेदवार मदनप्रसाद पौडेलले तीन हजार ७३ मत प्राप्त गरेका थिए । त्यस्तै, उपमेयरमा राप्रपाकी भीमकुमारी महतोले तीन हजार १८६ मत प्राप्त गरेकी थिइन् । माडीमा राप्रपाले एक्लै मेयर र उपमेयर जित्न सक्ने क्षमता राख्दछ ।
राप्रपाको चितवनको शक्ति प्रदर्शन वैशाख ३० गते को स्थानीय निर्वाचन लक्षित हो । तर राप्रपा चितवनले यसलाई चुनावलक्षित सभा भनेको छैन । चितवन राप्रपाले भ्रष्टाचार, बेथिति, अनियमितता विरुद्धको सभा भनेर प्रचार गरेको छ ।
माडीबाहेक चितवनका अन्य पालिका हेर्दा भरतपुर महानगरमा राप्रपा केही हदसम्म राम्रो देखिन्छ । भरतपुर महानगरका अधिकांस क्षेत्र चितवन क्षेत्र नं ३ मा पर्छ । यस क्षेत्रमा विक्रम पाण्डेको राम्रो पकड छ । यसकारणले पनि भरतपुर महानगरमा राप्रपाको शक्तिलाई कम आंकलन गर्न मिल्दैन । राप्रपाले भरतपुरमा एक्लै मेयर र उपमेयर जित्न सक्ने क्षमता त राख्न सक्दैन, तर पनि राप्रपासँग अन्य कुनै पार्टीले तालमेल गरेको खण्डमा जितको नजिक पुग्न सकिन्छ । शीर्ष तीन पार्टी कांग्रेस, एमाले र माओवादी जुनै पार्टीलाई जित्न राप्रपाको मत काम लाग्न सक्छ । २०७४ को चुनावमा भरतपुरमा राप्रपाबाट मेयर पदका उमेदवार बनेका बद्रि तिमिल्सिनाले छ हजार ८४२ मत प्राप्त गरेका थिए । तिमिल्सिना अहिले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनी अहिले राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्षसमेत हुन् । त्यतिबेला राप्रपाकी उपमेयर पदकी उम्मेदवार रीना गुरूङले सात हजार २५२ मत पाएकी थिइन्।
भरतपुर र माडीबाहेक अन्य पालिकामा राप्रपा कमजोर देखिन्छ । समग्रमा चितवनमा राप्रपा मतको हिसाबले चौथोँ पार्टी हो । पूर्वी चितवनको चार पालिकामा राप्रपाका कुनै उम्मेदवारले एक हजार मत पनि कटाउन सकेनन् । पूर्वी चितवनको राप्तीमा राप्रपाले २०७४ मा मेयरमा मीराकुमारी बर्तौला र उपमेयरमा शेषमणि बर्तौला उम्मेदवार बनाएको थियो । उनीहरुले ३३५ र ६२७ मत मात्रै प्राप्त गर्न सके ।
त्यस्तै, कालिका, खैरहनी र रत्ननगरमा पनि राप्रपाका उम्मेदवारले एक हजार मत कटाउन सकेनन् । यस पटकको राप्रपामा आएको क्रेजले चितवनमा कुन शक्ति बनाउँछ, निर्वाचनपछिको नतिजाले देखाउनेछ । चितवनमा राप्रपाको स्थान कहाँ कायम हुन्छ भन्नको लागि चुनावसम्म पर्खनै पर्छ, तर राप्रपामा बढेको राजेन्द्र लिङ्देनको क्रेज चितवनमा पनि उदाउने देखिएको छ ।