काठमाडौँ।इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलान बराबरीमा रोकिदा शीर्ष दौडमै रहेको नेपोलीले हार बेहोरेको छ । मिलान टोरिनोसँग गोलरहित बराबरीमा रोकिएको हो ।
टोरिनोमा आइतबार राति भएको खेलमा मिलानले घरेलु टोलीलाई दवावमा राखेपनि फिनिसिङमा चुक्दा बराबरीको नतिजा आत्मसात गर्नुप¥यो । यो बराबरीसँगै मिलानले शीर्षस्थानमा आफ्नो अग्रता बढाउने अवसर गुमाएको छ ।
शीर्षस्थानमा रहेको मिलानको ३२ खेलबाट ६८ अंक पुगेको छ । एक खेल कम खेलेको शहरी प्रतिद्धन्द्धी इन्टर मिलानको ६६ अंक छ । अब इन्टरले आफ्नो खेलमा सफलता हात पारे मिलान दोस्रो स्थानमा झर्नेछ । मिलानलाई रोकेको टोरिनो ३९ अंक जोडेर ११औं स्थानमा रहेको छ।
सिरी ‘ए’ कै अर्काे खेलमा नेपोली घरेलु मैदानमा फियोरेन्टिनासँग ३–२ ले पराजित भएको छ । फियोरेन्टिनाको जितमा निकोलस गोन्जालेस, जोनाथन कोन र अर्थर कावरलले गोल गरे । घरेलु टोली नेपोलीका ड्रिएस मेर्टिन्स र भिक्टर ओसिमहेनले गोल गरेपनि हार टार्न सकेन ।
यो हारसँगै नेपोलीले शीर्षस्थानमा उक्लने मौका गुमाउादा ३२ खेलबाट ६६ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । नेपोलीलाई हराएको फियोरेन्टिना ३१ ख्ेलबाट ५३ अंक जोडेर सातौ स्थानमा उक्लिएको छ ।
अन्य नतिजा
जिनोआविरुद्ध लाजियो (१–४), सस्सुलोविरुद्ध एटलान्टा (२–१), भेनेजियाविरुद्ध उडिनेस (१–२) र रोमाविरुद्ध सालेरनिटाना (२–१) एजेन्सी