चितवन । माडी नगरपालिका वडा नं ४ मा रहेको माडीको रेडहिल पार्कको सुन्दरताको वर्णन गर्ने हो भने कुनै शब्द फेला पार्न सकिदैन । माडीको रेडहिल पार्कमा जे छ त्यस्तो, अरु पार्कमा छैन । सुन्दर शान्त वातावरण, भ्यूटावर चढ्दा देखिन्छ सौन्दर्यले भरिएको माडी उपत्यका ।सदैव रमाउँछ यो पार्क । मौन, शान्त र शालिनताका चीर निद्रामा रहन्छ पार्क । पर्यटक बोलाउँछ पार्क र आफैँमा छमछमी नाच्छ पार्क । त्यसैले त पार्कमा मन नबहलाउने मानिस कमै हुन्छन् ।
माडी आफैँमा पर्यटकीय गन्तव्य हो, त्यसमा पनि रेडहिल पार्क अझ थप पर्यटकीय गन्तव्य बन्न सक्छ । माडी नगरपालिकाले पछिल्लो समय माडीलाई पर्यटकीय गन्तव्यमा विकास गर्दै लगिरहेको छ । यस रेड हिल पार्कलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य नगरपालिकाले राखेको छ। तर यहाँ पर्यटक आउन सकिरहेका छैनन् । माडीको सोमेश्वर मध्यवर्ती सामुदायिक बनको छेउमा अवस्थित रातो माटे डाँडोका नाउले समेत चिनिने रेड हिल पार्कले आन्तरिक तथा विदेशी पर्यटक पाएको छैन ।
रेडहिल पार्क बागमती प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको बागमती प्रदेशका सांसद रामलाल महतो बताउँछन् । उनले भने, ‘माडी नगरपालिकाले रेड हिल पार्कसम्म पुग्न मोटरबाटो खोलेको छ । अहिले रेड हिल पार्कसम्म मोटर जान्छ । घुम्न आउने पर्यटकलाई निकै सहज भएको छ ।’
माडी आफैँमा पर्यटकीय गन्तव्य हो, त्यसमा पनि रेडहिल पार्क अझ थप पर्यटकीय गन्तव्य बन्न सक्छ । माडी नगरपालिकाले पछिल्लो समय माडीलाई पर्यटकीय गन्तव्यमा विकास गर्दै लगिरहेको छ । यस रेड हिल पार्कलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य नगरपालिकाले राखेको छ। तर यहाँ पर्यटक आउन सकिरहेका छैनन् ।
त्यस्तै, माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले रेड हिल पार्क पर्यटकीय गन्तव्यको निकै सम्भावना भएको ठाउँ भएको र यसले माडीलाई मणि बनाउन ठूलो भुमिका खेल्ने बताए । उनले भने, ‘माडीको सोमेश्वर मध्यवर्ती सामुदायिक बनछेउ, खैरहनीमा अवस्थित रेड हिल पार्कले माडीको विकासमा ठूलो भूमिका खेल्छ । यस्ले हजारौँ पर्यटकलाई आकर्षण गर्ने क्षमता राख्छ । यसको थप पूर्वधार निर्माण गरेर लैजान सके यसले माडी नगरपालिकालाई आर्थिकरुपमा सबल बनाउन सक्छ ।’ स्थानीयहरुा अनुसार नगर र बागमती प्रदेश सरकारले प्रचार प्रसारमा ध्यान नदिदाँ सम्भावना बोकेको पर्यटकीय गन्तव्य ओझेलमा परेको हो। चितवनकै मुख्य पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यका साथ निर्माण गरिएको रेड हिल पार्कले पर्यटक तान्न नसक्नु आफैँमा दुखद भएको स्थानीयहरु बताउँछन् ।
माडीको सोमेश्वरगढी क्षेत्रमा १५ दिने रामनवमी चैते दसैँ मेला एवं दुर्गा पूजा आजबाट सुरु भएको छ । यो मेलामा आउने हजारौँ पर्यटकलाई रेड हिल पार्कको बारेमा जानकारी गराउन सकियो भनेमात्र पनि पार्कमा पर्यटकको आवागमनमा वृद्धि हुनेछ ।