चितवन । चितवनका अस्पतालमा शनिबार २३४ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये २६ जना भेन्टिलेटरमा, ९३ जना आइसियूमा र ३६ जना एचडियूमा छन्। बाँकी १०५ जना भने जनरल वार्डमा बसेर उपचार गराइरहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
यस्तै शनिबार २४ जना कोरोना संक्रमणमुक्त भएका छन्। भरतपुर अस्पतालबाट सातजना, चितवन मेडिकल कलेजबाट ६ जना, पुरानो मेडिकल कलेजबाट १० जना र भरतपुर महानगरपालिकाको आइसोलेसन केन्द्रबाट एक जना गरी २४ जना घर फर्किएका स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले बताइन्।
आज शनिबार चितवनमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा चितवन र पुरानो मेडिकल कलेजमा नवलपरासीका एक/एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।