काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी भएका मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । बिहिबार बसेको बैठकले पार्टीको निर्णय विपरीत सरकारमा सहभागि भएका ९ जना मन्त्रीहरुलाई निष्कासन गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
त्यस्तै पार्टीको आधिकारिकताका विवादबारे पुनः निर्वाचन आयोगमा निवेदन दिने बैठकले निर्णय गरेको छ । चुरे दोहन गर्न नहुने बैठकले निष्कर्ष निकालेको छ। त्यस्तै बाढ़ी पहिरो पीड़ितलाई उद्धार र राहतका लागि सरकारसँग जसपाले आग्रह गरेको छ ।