काठमाडौँ।सुनसरीको इटहरीमा बम विष्फोट हुँदा दुई जना घाइत भएका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी उपमहानगरपालिकास्थित नवजागृति टोलको एक घरमा सोमबार राति सुतली बम विष्फोट भएको हो । विष्फोटमा परी २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् ।
बिष्फोटबाट आँखामा चोट लागेका थापाकाे विराटनगरस्थित आँखा अस्पतालमा उपचार भइरहेको छ भने गुरूङको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । हाल उनीहरूको अवस्था सामान्य छ।उनीहरू डेरामा बस्दै आएका थिए ।
घटनास्थलबाट प्रहरीले हिमाल सुरक्षा परिषद् नेपालको पर्चासमेत बरामद गरेकाे छ । यो परिषद्ले गत फागुनदेखि संघीयता खारेज, हिन्दु राष्ट्र घोषणा, एमसीसी सम्झौता खारेजलगायतका माग राख्दै सशस्त्र संघर्ष सुरू गरेको बताएको थियो।
उक्त पर्चा विस्फोटमै पर्नेमध्येका एकले ल्याएको प्रारम्भिक निष्कर्ष निकालेको प्रहरीले विस्फोट भने कसरी भयो भन्ने विषयमा अनुसन्धान भैरहेको जनाएको छ ।