चितवन।भरतपुरको मालपोत चोकमा नेपाली सेनाको गाडीले गुडिरहेको स्कुटीलाई ठक्करपछि स्कुटी धुँजाधुँजा भएको छ ।
स्कुटीमा सवार भरतपुर ११ बस्ने ३४ वर्षीया पुनम श्रेष्ठ र सोही ठाउँ बस्ने ४५ वर्षीया हेमा श्रेष्ठ घाइते भएका छन् । स्कुटीको कुनै अंश पनि सद्दे छैन ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीका अनुसार बसपार्कबाट आँपटारी तर्फ जाँदै गरेको लु १ ग २०८ नम्बरको सेनाको ट्रकले बा ०६–०१ प १४४८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।