चितवन। प्रथम बाग्मती प्रदेश खेलकुद प्रतियोगिता २० ७८ अन्तर्गतको महिला क्रिकेटको उपाधि कठमाडौँले जित्न सफल भएको छ। फाइनलमा चितवनलाई ६४ रनले पराजित गर्दै काठमाडौँले उपाधि जितेको हो।
चितवनस्थित गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला को नमुना मैदानमा सञ्चालित यस प्रतियोगितामा महिला क्रिकेटतर्फ ३ टोली चितवन भक्तपुर र काठमाडौँको सहभागिता रहेको थियो। फाइनल खेलमा टस जितेर काठमाडौँले व्याटिङग गर्दै निर्धारित २० ओभरमा १६२ रन जोड्न सक्यो । कठमाडौँका लागि कञ्चन श्रेष्ठले सर्वाधिक ७० र अस्मिता खरेलले ४३ रनको योगदान दिए । १६३ रनको बिशाल लक्ष पछ्याएको चितवनले पुरा २० ओभरमा ४ विकेटको क्षतिमा ९८ मन मात्र जोड्न सक्यो ।
चितवनका लागी कातान आरति बिडारीले ३० रन जोड्नु बाहेक अन्य खेलाडीले उल्लेख्य रन प्रहार गर्न सकेनन् । प्रतियोगिताका बिजेता टोलीका खेलाडी हरूले ट्रफि मेडल सहित जनहि रू ५००० र उपविजेता टोलीले ट्रफि मेडलसहित जनहि रू ४००० नगद पुरस्कार समेत प्राप्त गरेका छन्स । कार्यक्रमको सभापति बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्नेत, प्रमुख अतिथि राखेप सदस्य सचिव सुर्यलाल भण्डारी रहेका थिए ।