चितवन । नेपाली कांग्रेसबाट माओवादी केन्द्रमा प्रवेश गरेका इच्छाकामना ६ कालीखोलाका रेशम गुरुङ २४ घण्टा भित्रै पुनः कांग्रेसमै फर्केका छन् ।
सोमबारमात्र माओवादी केन्द्रमा प्रवेश गरेका गुरुङ मंगलबार नै कांग्रेसमै फर्किए ।
गाउँपालिका अध्यक्ष समेत रहनुभएका कांग्रेस महासमिति सदस्य गीता कुमारी गुरुङ, इच्छाकामनाका पूर्व संयोजक विष्णु कुँवर, नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर २ क का क्षेत्रिय सचिव कुमबहादुर गुरुङ, इच्छाकामनाका सचिव तुलबहादुर गुरुङ, युवा नेता विराज गुरुङ, वडा नम्बर ५ का सभापति राजेन्द्र त्रिपाठीलगायतको उपस्थितिमा उनी कांग्रेसमै फर्किएका हुन् ।