चितवन। चितवनमा अंशवण्डाका मुद्दा दर्ता गर्नेको संख्या बढ्दै गएको छ । अंशवण्डा जो अंशियार हो उनीहरुको बिचमा हुनुपर्छ । बावुआमा, छोराछोरी अंशियार हुन् । कोही कसैको तीन चार पुस्तादेखि अंशवण्डा नगरेका छन् उनीहरुलाई पनि अंश पाउने अधिकार कानुनी प्रावधानमा छ । तर चितवनमा भने वास्तविक रुपमा अंश पाउनैपर्ने खालका मुद्दा नभई विकृतिका कारण सम्पत्ति हात पार्नका लागि आउने मुद्दाका कारण संख्यात्मक रुपमा बढेको सरोकारवाला बताउँछन्।
जिल्ला अदालत चितवनमा तीन वर्षमा ७९० जनाले अंशवण्डाको मुद्दा दर्ता गराएका छन् । जसमध्ये ३६२ वटा मात्रै फैसला भएका छन् । अदालतको तथ्थ्यांक अनुसार बर्षेनी अंशवण्डाका मुद्दा १०० भन्दा बढी थपिने गरेका छन् । चालु आर्थिक वर्ष २०७८÷७९ को पाँच महिनामा मात्रै २४७ वटा अंशका मुदा दर्ता भएका छन् । यि मध्ये ७८ वटा मुद्दा फैसला भएका छन् ।
चितवनमा भने वास्तविक रुपमा अंश पाउनैपर्ने खालका मुद्दा नभई विकृतिका कारण सम्पत्ति हात पार्नका लागि आउने मुद्दाका कारण संख्यात्मक रुपमा बढेको सरोकारवाला बताउँछन्।
अदालतका श्रेष्तेदार इश्वर आचार्यका अनुसार अंशवण्डाका मुद्दा सम्बन्ध विच्छेदसँग पनि सम्बन्धित भएको हुँदा वर्षेनी मुद्दा बढेका हुन् । उनी भन्छन् ‘सम्बन्ध विच्छेद गर्दा अंश पनि लिने भएका कारण मुद्दा बढ्छन् । जति सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जान्छ त्यति अंशवण्डाको पनि बढ्ने गर्छ ।’
तथ्यांक अनुसार आव २०७६÷७७ मा चितवनमा २०६ वटा मुद्दा दर्ता भएका थिए । जसमध्ये १३१ वटा मात्रै फैसला भएको अदालतले जनाएको छ । यस लगत्तै आव २०७७÷७८ मा अंशवण्डाका मुद्दा दर्ता गराउनेको संख्या ३३७ पुगेको थियो । यस वर्षका मुद्दामा १५३ वटा मात्रै फैसला भएका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७७÷७८ मुद्दा दर्ता गराउनेको संख्या ह्वात्तै बढेको देखिन्छ ।
अंशवण्डाको मुद्दाले सम्बन्ध विच्छेदको मुद्दाले सरोकार राख्ने चितवनका अधिवक्ता धर्मराज वाग्ले बताउँछन् । उनी भन्छन् ‘चितवनमा वास्तविक अंशवण्डा भन्दा सम्पत्ति हात पार्ने नियत भएका मानिसहरुका कारण अंशवण्डाका मुद्दा बढेका हुन्।’
नेपालमा बाबुआमाले आफ्नो जिवनकाल अवधिभर पैतृक सम्पत्ति अरुलाई दिन नपर्ने मस्यौदा तयार गर्न सके मात्रै यो समस्या अन्य हुने उनी बताउँछन् ।