चितवन। रत्ननगर नगरपालिका ९ मा रहेको मिलिजुली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा मेघनाथ पौडेल निर्वाचित भएका छन् । सो वन विगत ७ वर्ष देखि नया नेतृत्वको पर्खाईमा रहेको थियो । वनको नयाँ नेतृत्वको लागि आईतवार उपभोक्ताहरुको टोल संयोजक र परिषद सदस्यहरुको लागि निवार्चन भएको थियो ।
टोल संयोजक निर्वाचित भएसगै सोमबार वनको कार्यसमिति गठन प्रकृया सुरु भएको थियो । समूहको उपाध्यक्षमा लेख बहादुर तमाङ, सचिवमा बाबुराम पौडेल,कोषाध्यक्षमा रामशरण कुवर निर्वाचित भएका छन् । जस्को सदस्यहरुमा रामसिङ चौधरी,रविकुमार महतो,भिखु महतो, राजकुमार महतो,कुल प्रसाद सापकोटा र भरतराम महतो रहनु भएको नव निर्वाचित अध्यक्ष पौडेलले वताए ।