काठमाडौं।युवा क्रिकेटर कुशल भुर्तेलले टी–२० क्रिकेटमा करियरको पहिलो शतक बनाएका छन् ।
कुशलले आइसीसी टी– २० विश्वकपको ग्लोबल क्वालिफायर्सको दोस्रो खेलमा शनिबार (आज) फिलिपिन्सविरुद्ध शतक हिर्काएका हुन् ।
नेपालको ओपनरका रुपमा आएका कुशलले ३२ बलमा अर्धशतक बनाएका थिए भने ५७ बलमा शतक बनाए । जमसा उनले १३ चौका र एक छक्का प्रहार गरे ।
कुशल टी–२० आईमा नेपालका लागि शतक बनाउने तेस्रो खेलाडी बनेका छन । यसअघि पारस खड्का र ज्ञानेन्द्र मल्लले शतक बनाएका थिए ।
पारसले सिंगापुरविरुद्ध २०१९ मा १०६ रनको पारी खेलेका थिए भने मल्लले २०१९ मा कीर्तिपुरमा भुटानविरुद्ध १०७ रनको पारी खेलेका थिए।
नेपालले यसअघि पहिलो खेलमा शुक्रबार आयोजक ओमानलाई ३९ रनले पराजित गरेको थियो । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा सबै विकेट गुमाउनुअघि ७८ रनमात्र जोड्न सक्यो ।
शनिबार जितसहित सेमिफाइलन प्रवेश गरे नेपालले समूह ‘ए’ को विजेता वा उपविजेतामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । त्यसअघि नेपालले समूह चरणको अन्तिम खेलमा क्यानडासँग खेल्नेछ । सेमिफाइलन प्रवेशका लागि नेपालले फिलिपिन्स र क्यानडामध्ये एक टोलीविरुद्ध जित निकाल्नु पर्नेछ ।
प्रतियोगिताको फाइलनमा पुग्ने दुई टोलीले अक्टोबरदेखि अस्ट्रेलियामा हुने विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछन्।