चितवन । चितवनको राजमार्गभन्दा पनि भित्री सडकमा दर्घटना बढी भएको छ । चितवनका भित्री सडकमा सवारी दुर्घटना बढी हुनेको गरेको चितवन ट्राफिकले जनाएको छ । पछिल्ला केही वर्षको तथ्यांक हेर्ने हो भने मुख्य राजमार्गभन्दा भित्री सडक बढी जोखिम हुने गरेको पाइन्छ।
चालू आवको सात महिनामा सवारी दुर्घटनामा परी मृत्यु भएका ८३ जनामध्ये ३६ जनाको मृत्यु भित्री सडकखण्डमा भएका दुर्घटनामा परेर भएको देखिन्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको यस तथ्यांकले भित्री सडकमा दुर्घटनाको अवस्था जोखिमपूर्ण रहेको देखिन्छ।सोही अवधिमा सहरी सडकखण्डमा २० वटा सवारी दुर्घटना भएका छन्। जसमा तीन जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।
चालु आर्थिक वर्ष २०७८ र ७९ को मंसिरसम्म भित्री सडकमा मात्रै १०२ वटा सवारी दुर्घटना भएका छन्। मंसिर यता दुई दर्जनबढी सवारी दुर्घटना भित्री सडकमा भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको यस तथ्यांकले भित्री सडकमा दुर्घटनाको अवस्था जोखिमपूर्ण रहेको देखिन्छ।सोही अवधिमा सहरी सडकखण्डमा २० वटा सवारी दुर्घटना भएका छन्। जसमा तीन जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। आव २०७३ र ७४ मा भित्री सडक दुर्घटनामा ३० जनाको मृत्यु तथा २५८ घाइते, २०७४ र ७५ मा ४३ जनाको मृत्यु तथा २७१ जना घाइते भएका थिए। २०७५ र ७६ मा ४२ जनाको मृत्यु तथा २९५ जना घाइते र २०७६ र ७७ मा २९ जनाको मृत्यु तथा २६१ जना घाइते भएका थिए।
भित्री सडकमा लापरवाही तरिकाले सवारीसाधन चलाउने गर्दा दुर्घटना बढी हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले बताए।
भित्री सडकमा ट्राफिक प्रहरीको पहुँच कम हुने र यही कारण लापरबाही तरिकाले सवारी साधन चलाउँदा दुर्घटना निम्तिने उनको भनाइ छ।ट्राफिक प्रहरीको उपस्थिति कम हुने भएकाले भित्री सडकमा मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना बढी हुने गरेको उनले बताए। भित्री सडक साँघुरा र बिग्रिएका कारण पनि ती सडकमा दुर्घटना बढी भएको कार्यालयले जनाएको छ। सडकमा खाल्डाखुल्डी, छरपस्ट राखिने निर्माण सामग्रीले दुर्घटना बढाउने गरेको थापाले बताए।