काठमाडाैं।जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीि डा बाबुराम भट्टराई काेराेना भाइरस संक्रमणमुक्त भएका छन् ।
पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपाेर्ट आएकाे भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
‘१२ दिन पछि कोरोना संक्रमणबाट मुक्त भएको छु। पिसिआर रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भनेका छन् ।
अब सार्वजनिक कार्यक्रममा फर्कने उल्लेख गर्दै भट्टराईले भनेका छन्, ‘देशभित्र र बाहिरबाट स्वास्थ्यलाभको कामना गर्नुहुने, शुभेच्छा व्यक्त गर्नुहुने सबैमा हार्दिक आभार ।’