चितवन । चितवनको राप्ती नगरपालिका पशुपालन र कृषिको लागि प्रख्यात नगरपालिका हो।
जनगणना २०७८ अनुसार राप्ती नगरपालिकाको जनसंख्या ६६ हजार ४२६ रहेको छ । जनगणना २०७८ अनुसार राप्ती नगरपालिकामा ३२ हजार ६०९ पुरुष र ३३ हजार ८१७ महिलाको जनसंख्या रहेको छ । १५ हजार ४५९ परिवार संख्या र १४ हजार ३९० घरसंख्या रहेको छ ।
यस अघिको स्थानीय चुनावमा राप्तीको मेयरमा एमालेकी प्रभा बराल विजयी भएकी थिइन् । उनी ११ हजार ६ सय १३ मत ल्याएर विजयी भएकी थिइन् ।
उनको निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किरणभूषण ओलीले सात हजार दुई सय ९२ मत ल्याएका थिए । त्यस्तै, माओवादीका रामचन्द्र पाठकले दुई हजार चार सय ९५ र राप्रपाकी मिराकुमारी बर्तौलाले तीन सय ३५ मत ल्याइन्।
उपप्रमुखमा एमालेकै इमानसिंह मुक्तानले ११ हजार आठ सय ८२ मत ल्याएर विजयी भएका थिए । नेपाली कांग्रेसकी अनिता मैनालीले सात हजार ७४, माओवादीकी कल्पना मोक्तानले दुई हजार दुई सय २६ र राप्रपाका शेषमणि बर्तौलाले ६ सय २७ मत ल्याएका थिए ।
अब स्थानीय चुनावमा राप्ती नगरबासीहरुले अहिलेकी मेयर प्रभा बराललाई कत्तिको विश्वास गर्छन् ? त्यो मतदान पश्चात् थाहा भइनै हाल्छ, तर एमालले यस पालिकामा अरु पालिका भन्दा बढी मतआन्तरले मेयर र उपमेयर दुवैमा एमालेका उम्मेदवार विजयी भएका थिए । राप्तीको १३ वडामध्ये एमालेबाट ११ जना र कांग्रेसबाट दुईजनाले वडाध्यक्ष जितेका थिए । यस पालिकामा फेरी पनि एमालेले जित निकाल्नेमा एमालेका कार्यकर्ता देखि केन्द्रका नेताहरु ढुक्क देखिन्छन् । एमाले भित्रै सुरेन्द्र पाण्डे र केपी ओली गुटको टक्राव रहेको राप्तीमा भने माधव नेपालको समाजवादीले एमालेलाई चुनावमा नोक्सान गर्न नसक्ने नेकपा एमालेका एक नेताले बताए ।
नेपाली कांग्रेस स्थानीय देखि केन्द्रसम्मको चुनावमा लगातार कमजोर देखिएको नेपाली कांग्रेस र माओवादी बिच चुनावी तालमेल भएको खण्डमा बाहेक अरु कारणले सायदै नेकपा एमालेले राप्तीमा पराजय भोग्नु पर्ला !