चितवन । ठगी गर्नेहरुका सय दाउ हुन्छन् । अनेक दाउपेच गरेर ठगी गर्नेहरुको कमी छैन यहाँ । यस्तै ठगी गर्ने गिरोहले तपाइँलाई चिठ्ठा परेको छ भनेर ठगी गर्ने दाउ रचिरहेको हुनसक्छ । यस्तो गिरोहबाट होशियार रहन चितवन प्रहरीले सबैमा अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले तपाईलाई चिठ्ठा परेको छ भन्दै फोन, म्यासेज अथवा अन्य स्रोतबाट जानकारी आयो भने त्यस्तोबाट सतर्क रहन र प्रलोभनमा नफस्न अनुरोध गरेको छ ।
तपाईलाई चिठ्ठा परेको छ, उक्त चिठ्ठाको पुरस्कार, नगद पठाउनको लागि तपाइँको खाता नम्बर आवश्यक पर्छ भनी खाता नम्बर माग्नेसँग होसियार रहन चितवन प्रहरीले अनुरोध गरेको छ ।
तपाईलाई चिठ्ठा परेको छ, उक्त चिठ्ठाको पुरस्कार, नगद पठाउनको लागि तपाइँको खाता नम्बर आवश्यक पर्छ भनी खाता नम्बर माग्नेसँग होसियार रहन चितवन प्रहरीले अनुरोध गरेको छ । यस्तो चिठुठा परेको छ भनेर खाता नम्बर माग्ने गिरोहको जालमा परियला भन्दै सचेत रहन प्रहरीले आग्रह गरेको छ ।
‘खाता नम्बर लिने र उक्त खाता सञ्चालनको लागि सेवा प्रदायकबाट प्राप्त हुने पासवर्ड (कोड) नम्बर समेत मागी खातामा रहेका सम्पुर्ण नगद झिक्ने लगायतको कार्यमा संलग्न समूहले झुक्याउन सक्नेछन्’ चितवन प्रहरीले सूचना निकालेर भनिएको छ । तपाइँलाई चिठ्ठा परेको त छैन भन्दै फोन गरी ठग्ने गिरोह नै सक्रिय रहेको हुनाले कोही पनि त्यस किसिमको प्रलोभनमा नपर्न आम सर्वसाधारणमा चितवन प्रहरीले अनुरोध गरेको छ ।