चितवन । आज एकैदिन चितवनका विभिन्न अस्पतालमा उपचारको क्रममा नौ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा तीन जना, चितवन मेडिकल कलेजमा पाँच जना र क्यान्सर अस्पताल भरतपुरमा एक जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । चितवनको भरतपुर, सिएमसी, सिएमएस र बीपी कोइराला क्यान्सर अस्पतालबाट ३० जना संक्रमण मुक्त भएका छन् ।
यी अस्पतालहरुमा १४१ जना संक्रमित आइसियुमा, ३० जना भेन्टीलेटरमा, ४३ जना एचडियुमा, १३५ जना जनरल वार्डमा रहेका छन् । चितवनका अस्पतालहरुमा ३१९ जना उपचाररत रहेका छन् ।