चितवन। माडी नगरपालिकाले बयोबृद्ध थारु अगुवा केवल प्रसाद चौधरी सहित तिन जनालाई सम्मान गरेको छ ।
नगरपालिकाले करीब तीस बर्ष प्रधानपञ्च र अन्य नेतृत्वदायी जिम्मेवारीमा रही विभिन्न क्षेत्रमा विशिषट योगदान गरेका चौधरीलाई कदरपत्रसहित दोसल्ला ओढाई सम्मान गरेको हो ।
नगरसभाका अध्यक्ष नगरप्रमुख ठाकुर प्रसाद ढकाल र उपप्रमुख ताराकुमारी काजी महतो लगायतले दोसल्ला ओढाई चौधरीलाई सम्मान गरेका थिए।
नगरसभाकै अवसरमा, माडीका अग्रज सामाजिक अगुवाहरु नेत्र प्रसाद भुसाल र मोतीलाल बि.क.लाई समेत कदरपत्र र दोसल्लासहित सम्मान गरिएको थियो भने दिवंगत जगतराज पौडेललाई मरणोपरान्त सो सम्मान अर्पण गरिएको थियो ।