चितवन । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार धेरै जनसंख्या हुने महानगरमध्ये भरतपुर महानगरपालिका तेस्रो नम्बरमा परेको छ । धेरै जनसंख्या हुने महानगरमा काठमाडौँ पहिलो, पोखरा दोस्रो र भरतपुर तेस्रो नम्बरमा परेको छ । चितवनको जनसंख्याको अन्तिम विवरण भने आउन बाँकी नै छ ।
जननगणना धेरै हुने महानगरभित्र भरतपुरपछि ललितपुर र वीरगञ्ज महानगरपालिका पर्छन् । यद्यपी भरतपुर महानगरको जनसंख्याको प्रारम्भिक विवरण पनि आउन बाँकी नै छ ।
सबैभन्दा धेरै जनसङ्ख्या भएको काठमाडौँ महानगरपालिकामा आठ लाख ६५ हजार ९०६ र सबैभन्दा कम जनसङ्ख्या भएको ठूलीभेरी नगरपालिकामा १० हजार १८७ जनसङ्ख्या रहेको छ । बीस हजारभन्दा कम जनसङ्ख्या हुने नगरपालिकाको सङ्ख्या १४ रहेको छ भने एक लाखभन्दा बढी जनसङ्ख्या हुने नगरपालिकाको सङ्ख्या ३९ रहेको छ ।