चितवन । माडीको बाँदरझुलामा १९ जना चेपाङको सहभागितामा ५ महिला सहित ३३ जनाले रक्तदान गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) सम्बद्ध युवा संगठन वाई.सि.एल. नेपाल र विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) चितवन जिल्ला समितिको संयुक्त आयोजनामा माडीको बाँदरझुलामा सम्पन्न रक्तदान कार्यक्रममा सो संख्यामा रक्तदान भएको हो । अल्पसंख्यक चेपाङ समुदायबाट एकै स्थानमा भएको यो नै सर्बाधिक रक्तदान रहेको आयोजकको दावी छ ।
कोभिडका कारण पैदा भएको रक्तसंकटलाई हल गर्न सञ्चालित रक्तदान अभियानको निरन्तरतामा भोलि ज्येष्ठ २२ गते बगहीँ र देबेन्द्रपुर, २३ गते बसन्तपुर र २४ गते बरुवा बजारमा रक्तदान हुने जनाइएको छ । शुक्रबार माओवादी केन्द्रका चितवन पार्टी अध्यक्ष यम बहादुर परियार ईन्द्रजितले वाई.सि.एल. जिल्ला ईन्चार्ज सन्तोष पनेरुलाई र माडीका मेयर ठाकुर प्रसाद ढकालले वाई.सि.एल. बादरझुलाका अध्यक्ष मदन मोक्तानलाई ब्लड ब्याग दिएर रक्तदान सुरु गर्नुभएको हो ।
माडीमा वाईसिएल र अखिल (क्रान्तिकारी)को आयोजनामा ५ महिला सहित ३३ जनाले गरे रक्तदान
माडीमा वाईसिएल र अखिल (क्रान्तिकारी)को आयोजनामा ५ महिला सहित ३३ जनाले गरे रक्तदान
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु