चितवन। चितवनको माडी नगरपालिकाले नगर भित्रको कृष्णनगर माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । माडी नगरपालिकाको आर्थिक सहयोगमा बाल कक्षा देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
नगरपालिकाले विद्यालयका ७० जना जेहेन्दार तथा अति विपन्न परिवारका बालबालिकाहरूको छनोट गरी ट्रयाक शूट बितरण गरेको विद्यालयका प्रधानध्यापक हरी पाहारीले जानकारी दिए।
हिजो (शुत्रबार) भएको कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारद मनी पौडेलको अध्यक्षतामा भएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रूपमा नगर प्रमुख ठाकुर प्रसाद ढकाल रहेका थिए । त्यस्तै, विशिष्ट अतिथि वडा ९ का अध्यक्ष शिव हरी सुवेदी लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।