मुम्बइ । अभिनेता रणवीर सिंह तथा अभिनेत्री आलिया भट्टको जोडीलाई फिल्म ‘गल्ली ब्वाइ’ मा मन पराइएको थियो ।अहिले आएर करण जौहरले उनीहरुको जोडीलाई पुन: प्रयोग गर्ने प्रयास थालेका छन् ।
एउटा समाचारमा जनाइए अनुसार करणले आफ्नो नयाँ फिल्ममा रणवीर सिंह तथा आलिया भट्टलाई प्रस्तुत गर्दैछन् ।यो एउटा रोमान्टिक कमेडी फिल्म हुने बताइनछ ।
फिल्मको शीर्षक ‘प्रेम कहानी’ हुनेछ ।समाचारमा भनिएको छ–‘निर्माताले एउटा पृथक तर आकर्षक शीर्षकको खोजिमा थिए, त्यसैले उनीहरुले ‘प्रेम कहानी’लाई रोजेका छन् । फिल्ममा दुई भिन्न चरित्र भएका व्यक्तिको प्रेम कथा समेटिने छ । यो फिल्ममार्फत दर्शकले एक पटक करण जौहरको फ्लेवर पाउने छन्, जसका फिल्ममा एक ताका केवल खुशीयाली फैलाउने तथा दर्शकलाई एउटा बेग्लै संसारमा लैजान्थे ।’
यो फिल्मको छायांकन चाँडै नै प्रारम्भ हुनेछ, त्यसका लागि यूनिटका सदस्यहरुलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी थालिएको छ ।
सेट डिजाइनिङदेखि लिएर अन्य प्रि–प्रोडक्सनका कार्यले गति लिइसकेको बताइन्छ ।
म्युजिक सिटिङको काम पनि थालिएको बताइन्छ ।रोमान्टिक फिल्म भएकाले यसको सांगीतिक पक्षमा विशेष मेहनत गरिएको बताइन्छ ।फिल्मका बारेमा आधारिक घोषणा भने हुनै बाँकी छ ।त्यसो त आलिया र रणवीर करण जौहरकै फिल्म तख्तमा समेत देखिंदैछन् ।
यद्यपि, उक्त फिल्मको काम अहिलेका लागि रोकिएको छ । यो फिल्ममा जान्हवी कपूर, विक्की कौशल तथा भूमि पेडनेकर समेत छन् ।