चितवन। पछिल्लो २४ घन्टामा ९४ जना कोरोना संक्रमित थपिएका छन् । हिजो संक्रमितको संख्या ८१ थियो। आज ७ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मंगलबार ४७, हिजो बुधबार ८१ र आज बिहिबार ९४ जनामा कोरोना संक्रमण देखिएको छ। यसरी हेर्दा दिनदिनै कोरोना संक्रमित दोब्बर वृद्धि भएको देखिन्छ।
स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार पछिल्लो २४ घन्टामा भरतपुर महानगरपालिकामा ८० जना, रत्ननगर नगरपालिकामा ४ जना, खैरहनी नगरपालिकामा ३ जना, माडी नगरपालिकामा २ जना र राप्ती नगरपालिकामा २ जना संक्रमित थपिएका छन् । बुधबार सक्रिय संक्रमितको संख्या ३२७ पुगेको छ ।
हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या २७ हजार ५४३ पुगेको छ । २६ हजार ७७९ जना निको भएका छन् । चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३७ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।