चितवन । आज चलेर चितवन महोत्सव बन्द हुने भएको छ । चितवनमा कोरोना संक्रमण बढ्दै जाँदा जिल्ला प्रशासन कार्यालय चितवनले चितवन महोत्सवलाई व्यवस्थापनको लागि दुई दिनको समय दिएको थियो । समयको आज अन्तिम दिन हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले भोलिबाट चितवन महोत्सव नचल्ने जनाएको छ । उद्योग वाणिज्य संघ चितवनले पनि आज साँझबाट चितवन महोत्सव बन्द हुने जनाएको छ ।
गृहमन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी सर्कुलर जारी गरेपछि चितवन प्रशासनको अगुवाईमा बसेको सर्वपक्षीय भेलाले चितवन महोत्सवलगायतका मेला महोत्सव बन्द गर्ने निर्णय गरेको हो । महोत्सव बन्द हुने भएपछि स्टल सञ्चालकको आधा रकम फिर्ता गर्ने उवासंघले जनाएको छ ।