चितवन। पछिल्लो २४ घन्टामा ८१ जना कोरोना संक्रमित थपिएका छन् । हिजो संक्रमितको संख्या ४७ थियो। आज ३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। सोमबार ४१ , मंगलबार ४७ र आज बुधबार ८१ जनामा कोरोना संक्रमण देखिएको छ। यसरी हेर्दा दुई दिनमा कोरोना संक्रमित दोब्बर वृद्धि भएको देखिन्छ।
स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार पछिल्लो २४ घन्टामा भरतपुर महानगरपालिकामा ७० जना, रत्ननगर नगरपालिकामा ५ जना, खैरहनी नगरपालिकामा १ जना, इच्छाकामना नगरपालिकामा १ जना, राप्ती नगरपालिकामा २ जना र कालिका नगरपालिकामा २ जना संक्रमित थपिएका छन् । बुधबार सक्रिय संक्रमितको संख्या २४० पुगेको छ ।
हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या २७ हजार ४४९ पुगेको छ । २६ हजार ७७२ जना निको भएका छन् । चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३७ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।