चितवन । माडीको खेतीयोग्य जमीनको व्यवसायिक कित्ताकाट र खण्डिकरण नगर्न नेकपा (माओवादी केन्द्र) माडी नगर कमिटिले नगरपालिकासंगै मालपोत र नापी कार्यालयलाई ध्यानाकर्षण गराएको छ ।
नगर इञ्चार्ज दण्डपाणि पौडेल र नगर अध्यक्ष प्रभु प्रसाद महतोद्वारा संयुक्त हस्ताक्षरित एक विज्ञप्तिमार्फत सो पार्टीले माडी नगरपालिकाको खेतियोग्य जमिनलाई खण्डीकरण नगर्ने र नगराउने निती विपरित चालू आर्थिक बर्षको अन्त्यमा त्यसप्रकारकों चलखेल भैरहेको बताएको हो । त्यसप्रकारको चलखेल रोक्न बिज्ञप्तिमार्फत ध्यानाकर्षण गराइएको छ ।
यसैबिच, माडी नगरपालिकासमेत मुछिनेगरी भू-माफियाहरुबाट चलखेल भएको खबर सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा समेत बिरोध सुरु भएको छ । भु-माफियाको पक्षपोषण हुने गरी काम नगर्न सञ्जाल प्रयोगकर्ताहरुले माडी नगरपालिकालाई सचेत बनाएका छन् । जग्गा खण्डिकरण र प्लटिङको कारोबार गरिआएको भू-माफिया समूहले आर्थिक प्रलोभनसहित माडी-३, धोबाहा, रतनी र पौहारी गाउँको सयौं बिगाहा जमीनमा १३१ वटा कित्ताकाटको फाइल अगाडि बढाएपछि विवाद उठेको हो ।स्वदेश एफएमबाट
जमीनको कित्ताकाट र खण्डिकरण नगर्न नेकपा (माओवादी केन्द्र) माडीको ध्यानाकर्षण
जमीनको कित्ताकाट र खण्डिकरण नगर्न नेकपा (माओवादी केन्द्र) माडीको ध्यानाकर्षण
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु