चितवन । भरतपुर अस्पतालका स्वास्थ्य कर्मी एवं फर्मासिष्ट प्रभात पौडेल माथि अज्ञात व्यक्तिहरुले गरेको दुव्र्यबहारप्रति नेपाल फार्मेसी संघ, चितवन शाखाको गम्भिर ध्यानाकर्षण भएको छ । संघले आज विज्ञप्ति जारी गर्दै दोस्रो लहरको कोरोना महामारीमा यस प्रकारका घटना गराई स्वास्थ्यकर्मीको मनोवल घट्ने कार्य गरेको भन्दै संघले खेद प्रकट गरेको हो ।
संघका अध्यक्ष विनोद पन्त द्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘सोमबार राती भरतपुर अस्पताल फार्मेसीमा कार्यरत फर्मासिष्ट प्रभाव पौडेललाई अज्ञात व्यत्तिहरुले अपशब्द बोली गाली गलौज र दुव्र्यहार गर्ने कार्य गरेको र भौतिक आक्रमण समेतको प्रयास भएको हुंँदा उक्त घटना प्रति नेपाल फार्मेसी संघ, चितवनको गम्भिर ध्यानकर्षण भएको छ ।’ उक्त घटनाप्रति संघले खेद प्रकट गर्दै नेपाल सरकारसंँग सुरक्षाको प्रत्याभुतिको माग गर्दै दोषीलाई कडा कारवाहीको समेत माग गरेको छ ।