चितवन । शनिबार बेलुका चितवन जिल्लाका केहि स्थानमा हल्का बर्षा भएकाले आज (आइतबार) जिल्लाभर चिसो बढेको छ। आज पनि बिहानै जिल्लाका धेरै स्थान धुवाँले ढाकिएको छ ।
यो हप्ता चितवनमा चिसो ह्वातै बढने जल तथा मौसम विज्ञान विभाग महाशाखाले बताएको छ । विभागको अद्यावधिक विवरण अनुसार अहिले १२ डिग्री सेल्सियस देखि २३ डिग्री सेल्सियस मापन गरिएको चितवनको तापमान यसै हप्ता ८डिग्री सेल्सियस देखि २० डिग्री सेल्सियस सम्म हुने ल तथा मौसम विज्ञान विभाग महाशाखाले जानकारी दिएको छ ।
चितवनमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसकारण आज बिहान चितवन आसपासको जिल्लाहरु पनि हुस्सु र कुहिरोले ढाकिएको छ ।
आज पनि चितवनको आकाशमा अधिकांश समय बादल लाग्ने जल तथा मौसम विज्ञान विभाग महाशाखाले जानकारी दिएको छ ।
चितवनमा आइतबार एक /दुई स्थानमा सामान्य वर्षाको सम्भावना रहेको छ । आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार बाँकी प्रदेशका केही स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको र हिमातका कारण देशभरि चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
त्यस्तै चितवनमा वायुको गति ५ कि.मी प्रति घण्टा मापन गरिएको छ । देशको राजधानि काठमाण्डौँको तापमान ७ डिग्री सेल्सियस देखि २० डिग्री सेल्सियस मापन गरिएको छ । चिसोबाट बच्न न्यानो कपडाको प्रयोग गर्न र सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग महाशाखाले अनुरोध गरेको छ।