चितवन । चितवनको पुलचोकदेखि गोन्द्राङसम्म हरियालीसहितको ६ लेन सडकको काम तीव्र गतिमा भइरहको छ । ६ लेनको सडक फुटपाथ र सर्भिस ट्र्याक निर्माणको लागि रु एक अर्ब ९८ करोड ७३ लाखको लागतमा तीव्रगतिमा काम भइरहेको हो ।
तोकिएकै समयमा काम सकिने महानगरको अपेक्षा छ । महानगरका अनुसार निर्माण सामग्रीको अभाव छैन, निर्माणकर्मीहरु लागिरहेका छन् । तोकिएको समयमा काम सकिने पनि महानगरको विश्वास छ ।