चितवन । आज (शुक्रबार) चितवनमा चिसो बढेको छ । बिहिबार बिहान चितवन जिल्लाभर आंशिक बदली रहेको छ । बिहानै जिल्लाका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । चिसो अझै बढ्ने छ, सितलहर परेको छ।
चितवनमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसकारण शुक्रबार बिहान चितवन आसपासको जिल्लाहरुमा हल्का बर्षा भएको छ । आज (शुक्रबार) चितवनको आकाशमा अधिकांश समय बादल लाग्ने जल तथा मौसम विज्ञान विभाग महाशाखाले जानकारी दिएको छ । पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात सहित बर्षाको सम्भावना रहेको र हिमातका कारण चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
दिउँसो सातै प्रदेशका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
राति चितवन र चितवन आसपासको जिल्ला र प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ।
विभागको अद्यावधिक विवरण अनुसार आज चितवनको तापमान १३ डिग्री सेल्सियस देखि २३ डिग्री सेल्सियस मापन गरिएको छ । चिसोबाट बच्न र सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग महाशाखाले अनुरोध गरेको छ।