चितवन । चितवन महोत्सवको १३औँ संस्करणको तयारी तीव्र पारिएको छ । महोत्सव तयारीको काम ९५ प्रतिशत भन्दा बढी पूरा भइसकेको छ ।
नारायणी नदी किनारमा हुन लागेको चितवन महोत्सव स्थलमा आज (बिहिबार) भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, जिल्ला प्रहरी कार्यालयका प्रमुख ओम अधिकारी, शसस्त्र प्रहरी प्रमुख, उद्योग वाणिज्य संघ चितवनका राजु श्रेष्ठ लगायत पदाधिकारी तथा संघका पूर्व अध्यक्षहरुले महोत्सव स्थलको निरिक्षण गरेका छन् ।
यही पुस २५ गतेदेखि सुरु हुने महोत्सव माघ ४ गतेसम्म चल्नेछ ।