चितवन। चितवनमा विगत २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १६६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांकअनुसार भरतपुर महानगरपालिकामा ११७ जना, खैरहनीमा ९ जना, माडीमा ८ जना, रत्ननगरमा २० जना, राप्ती नगरपालिकामा ४ जना, कालिकामा ५ जना र इच्छाकामना गाउँपालिकामा ३ जनामा कारोना संक्रम देखिएको हो ।
यो सँगै चितवनमा संक्रिय संक्रमितको संख्या चार हजार ८५७ पुगेको छ । चितवनमा आजसम्म २१९ जनाको मृत्यु भएको छ । आज मृत्यु भएका ६ जना मध्ये चितवनको १ जना र अन्य जिल्लाको ५ जना रहेका छन् । मृतकमध्ये भरतपुर अस्पतालमा १ जना, चितवन मेडिकल कलेजमा ४ जना र पुरानो मेडिकल कलेजमा १ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार चितवनका विभिन्न अस्पतालमा ३७३ जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा १७२ जना, भेन्टिलेटरमा ४५ जना, एचडीयूमा ४१ जना र जेनरल बेडमा १६० जना रहेका छन् । त्यसैगरी विगत २४ घण्टामा ४४ जना बिरामी डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।