चितवन। नेकपा (एमाले) चितवनको १० औँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । चितवन जिल्ला सचिव शैलेस खनालका अनुसार पुस २३ र २४ गते हुने एमालेको चितवनको जिल्ला अधिवेशनको तयारी पूरा भएको छ ।
एमाले चितवनले भोलि शनिबार उद्घाटन हुनेछ । जसको लागि चितवनमा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, केन्द्रीय सदस्य काशीनाथ अधिकारीलगायतका नेता चितवन आउनेछन् ।
जिल्ला अध्यक्षका लागि नेता रामप्रसाद न्यौपाने, तेजेन्द्रबहादुर खड्का, कृष्ण भुर्तेल र कमल पाठकले दावी गरिरहेका छन् । चितवन इन्चार्ज देवी ज्ञवालीले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सक्दो पहल गर्ने बताएका छन् । भोलि (शुक्रबार)को उद्घाटन कार्यक्रमपछि साँझबाटै बन्दसत्रको कार्यक्रम चल्नेछ । शनिबार निर्वाचन पक्रिया अघि बढ्नेछ । चितवन अधिवेशनको लागि १६ सय प्रतिनिधि छानिएका छन् ।