चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा शिक्षकहरूले लगाएको तालाबन्दी खुलाइएको छ । गाउँपालिकाका सूचना अधिकारी सविता अर्यालले त्रिवेणी बराह माविका शिक्षकहरुले गाउँपालिकामा लगाएको तालाबन्दी खोलिएको बताइन् ।
शिक्षकहरूको तलब निकासा नदिएको भन्दै इच्छाकामना गाउँपालिकाको शिक्षा शाखा र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा गरिएको तालाबन्दीको कारण गाउँपालिकाको शिक्षा अधिकृत दुर्गादेवी खड्का र स्रोतव्यक्ति भविश्वर गुरुङभित्रै थुनिएका थिए । यही पुस २५ गतेभित्र तलब निकासा गर्ने गरी ताला खोलिएको सूचना अधिकारी अर्यालले जानकारी दिइन् ।