चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबल आज (मंगलबार) देखि सुरु भएको छ । लिगको उद्घाटन खेलमा साबिक बिजेता सौराहा युवा समाज सौराहा र नारायणी मोटर्स युनिक फुबल क्लब बसेनी अब केहीबेरमा भिड्ने तयारीमा छन् । खेल भरतपुर ७ कृष्णपुरस्थित कृष्णपुर रंगशालामा हुन लागेको छ ।
चितवन जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको लिग माघ ८ गतेसम्म चल्नेछ । लिगमा १३ टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा बिभाजन गरिएको छ ।
समूह ए मा साबिक बिजेता सौराहा युवा समाजसहित माडी ११, केबीए ग्लोबल भरतपुर फुटबल क्लब, नारायणगढ फुटबल क्लब, वातासिनो गीतानगर ब्वाईज, नारायणी मोटर्स युनिक एफसी र पानस युवा क्लब रहेका छन् । यस्तै समूह बी मा एष्ट्रल युथ सोसाइटी, हार्दी युवा समाज, एभरेष्ट क्लब चितवन, नारायणी एफसी, रामपुर फुटबल क्लब र बगान यात्रा ग्रुप रहेका छन् ।
राउन्ड एण्ड रोबिनको आधारमा हुने लिगमा दुबै समूहबाट शिर्ष २ मा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछ । दुबै समूहबाट पुछारमा रहने एक(एक टोली रेलिगेशनमा पर्नेछ र बी डिभिजनमा घटुवा हुनेछ ।
लिग चरणका ३६, सेमिफाइनल र फाइनल गरि ३९ खेल हुनेछ । लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५-२५ बजार प्राप्त गर्नेछ । एक टोलीले फेयर प्ले अवार्ड पाउनेछ ।
हरेक खेलको उत्कृष्ट खेलाडीले ट्रफीसहित एक हजार तथा लिग भरको सर्वोकृष्ट खेलाडीले गोल्डेन बल अवार्ड, सर्वाधिक गोलकर्ताले गोल्डेन बुट र सर्वोकृष्ट गोलकिपरले गोल्डेन ग्लोभ्ससहित समान पाँच-पाँच हजार प्राप्त गर्ने संघका महासचिव रामहरि ढकालले जानकारी दिए ।