चितवन । कोभिड–१९ महामारीको समयमा मानवीय सेवालाई प्राथमिकतामा राखेर वाइसियलं, नेपाल र अखिल क्रान्तिकारी चितवनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको छ ।
शनिबार भरतपुर महानगरपालिका वडा नं. ११ मा वाइसिएलका केन्द्रीय सदस्य अविरल पोखरेलले रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए ।
आजको रक्तदान कार्यक्रममा ६० जना रक्तदाताहरुबाट रगत संकलन गरिएको थियो । कोरोना महामारीमा सुरक्षित र स्वास्थ्यको मापदण्ड पुरा गरी रक्तदान गरिएको पत्रकार रविन्द्र कट्टेलले बताएका छन् । कार्यक्रममा वाइसिएलका जिल्ला संयोजक मधु न्यौपाने र अविनाश रम्तेलको सक्रियतामा रक्तदान कार्यक्रम भएको हो । माओवादी केन्द्रका चितवन जिल्ला अध्यक्ष यमबहादुर परियारको उपस्थितिमा कार्यक्रम भएको हो ।