चितवन । नारायणी नदीको पुलबाट हामफालेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । आज १२ः५५ बजेको समयमा नारायणी नदीको पुल माथीबाट महिला हामफालेकी थिइन् ।
प्रहरीका अनुसार अंन्दाजि १८/१९ वर्षकी महिलाले हामफालेको भन्ने सुचनाका आधारमा तत्काल प्रहरीले उद्धार गरेको थियो । प्रहरीले महिलाको जिवितै उद्धार गरी उपचारको लागी भरतपुर अस्पताल ल्यायो। डाक्टरले बचाउन सक्दो प्रयास गरे । आज १ः ३० बजेको समयमा उपचारमा संलग्न डाक्टरले भने, ‘सक्दो प्रयास गर्दागर्दै बचाउन सकेनौँ ।’ डाक्टरले मृत्यु घोषणा गरेको महिलाको शव भरतपुर अस्पतालको शव गृहमा सुरक्षित राखिएको छ ।
मृतक महिला माडी नगरपालिका ७ गोपालनगर बस्ने बर्ष ३८ की मिना कुमारी प्रशाई रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।