काठमाडौं। कृषि विकास बैंकले २९ पुसमा वार्षिक साधारणसभा बोलाएको छ । सभा कृषि विकास बैंकको केन्द्रीय तालिम केन्द्र, बोडे भक्तपुरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट आयोजना हुनेछ ।
सभामा बैंकले २० प्रतिशत बोनस सेयर र कर तिर्न एक दशमलव ०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।
यस्तै, प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, अग्राधिकार सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल हुनेलगायतका एजेन्डा छन् ।
सभा प्रयोजनका लागि बैंकले १६ देखि २९ पुससम्म बुक क्लोज गर्नेछ । यसअनुसार, १५ पुससम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा लाभांश प्रप्त गर्न सक्नेछन् ।