चितवन। पछिल्लो २४ घन्टामा भरतपुर महानगरमा ३ जना कोरोना संक्रमित थपिएका छन् । सोहि अवधिमा ७ जना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार पछिल्लो २४ घन्टामा भरतपुर महानगरमा मात्र ३ जना संक्रमित थपिएका छन् । मंगलबार सक्रिय संक्रमितको संख्या १०० पुगेको छ ।
हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या २७ हजार १६० पुगेको छ । २६ हजार ६२७ जना निको भएका छन् । चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३३ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।