चितवन । रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले रत्ननगरका सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ। कोरोना नियन्त्रणमा खटिएको इलाका प्रहरी कार्यालय रत्ननगरलाई सो संस्थाले १० थान पिपिई र ८० जोर पन्जा सहयोग गरेको हो। सोमबार संस्थाका अध्यक्ष भीष्मराज पौडेलले इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।
अध्यक्ष पौडेलले कोरोना महामारीलाई जित्न चौतर्फी सहकार्य आवश्यक रहेको भन्दै महामारी नियन्त्रणको लागि अग्रपंक्तिमा खटिने प्रहरीको सुरक्षाको लागि संस्थाको तर्फबाट सानो सहयोग गरेको बताए। केही दिनअघि रत्ननगर बकुलहर अस्पतालाई अक्सिजनसहितको सिलिण्डर र उपभोक्तालाई एक महिनाको न्युनतम महसुल छूट गरिएको उनले बताए। कोरोनाको पहिलो लहरमा पनि संस्थाले रत्ननगर नगरपालिकाको कोरोना नियन्त्रण कोषमा १ लाख ११ हजार १११ रुपैया सहयोग गरेको थियो।
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले दियो सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री

तपाईको प्रतिक्रिया
थप शिर्षकहरु