चितवन । इन्जिन फेल भएपछि भरतपुर विमानस्थलमा बुद्ध एयरको जहाज आपतकालीन अवतरण भएको छ ।
नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो १ः १६ बजे उडेको जहाज इन्जिनमा समस्या आएपछि आपतकालीन अवतरण भएको हो । बुद्ध एयरको ९ एन एईई बीचक्राफ्ट जहाज काठमाडौंका लागि उडेको थियो । जहाजमा १८ यात्रु र चालक दलका सदस्य रहेका थिए ।
सबै यात्रु सुरक्षित रहेका छन् । जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्केका थिए । सूचना अधिकारी विकले हाल बन्द रहेको विमानस्थल अब केहीबेरमा सञ्चालनमा आउने बताए । जहाज उड्नसाथ इन्जिनमा गडबडी भएपछि तत्काल अवतरण भएको प्राधिकरणले जनाएको छ ।