चितवन । चितवनका बागमती प्रदेशका सांसद विजय सुवेदीले नेकपा एमाले बागमती प्रदेश कमिटीको सचिव पदको कार्यभार लिएका छन् ।
वागमती प्रदेश कमिटिका निवर्तमान सचिव खेम लोहनीले सचिव पदको जिम्मेवारी सुवेदीलाई आज हस्तान्तरण गरेका छन्। पदभार सम्हाल्दै सचिव सुवेदीले पार्टी अध्यक्ष केपी ओली र पार्टी केन्द्रीय कमिटीप्रति हार्दिक आभार प्रकट गरेका छन्।
‘पद खास समयको जिम्मेवारी हो। यो मान सम्मानका लागि नभई जनताको सेवाका लागि हो। पार्टीका सेलदेखि केन्द्र सम्मका सबै जिम्मेवारीहरु उत्तिकै महत्वपूर्ण छन्। म पार्टीले प्रदान गरेको यस जिम्मेवारीलाई देश, श्रमजीवी जनता र पार्टी नेतृत्वप्रति बफादार रहेर आफ्नो क्षमताले सकेसम्म इमान्दारीपुर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’ पदभार सम्हाल्दै सुवेदीले भने ।