चितवन । भरतपुर विमानस्थलमा आज गम्भिर लापरवाही भएको पाईएको छ । भरतपुर विमानस्थलमा दुई सिफ्ट कर्मचारीको ड्युटी भएपनि झण्डै विमानस्थल एयर ट्राफिक कन्ट्रोलर रुम (एटीसी) आज (आइतबार) बिहान पौने घण्टा ढिला खुलेको हो । नागरिक उड्डयन कार्यालयको नियम अनुसार भरतपुर विमानस्थलको हकमा जनवरी, फ्रेब्रुअरी, नोभेम्बर, डिसेम्बरमा बिहान ६ः ४५ बजे, मार्च , अप्रिल ,सेप्टेम्बर, अक्टोबरमा बिहान सवा ६ बजे, र मे, जुन, जुलाई अगष्ट महिनामा बिहान ६ बजे अपरेसन आवर निर्धारण गरिएको छ ।
श्रोतका अनुसार विमानस्थल भित्र व्यवस्थापन पक्ष र कर्मचारी भित्र आन्तरिक द्धन्द भएकै कारण ड्युटी रहेका कर्मचारीले नियमित ड्यिुटी गर्न आज आएनन् । हुन त केही दिनदेखि भरतपुर प्रशासन कार्यालयमा सबै कार्यकक्षमा कर्मचारी पनि भेटिएका छैनन् । अधिकांश कार्यकक्ष खाली नै देखिन्छ । जसले गर्दा भर्खरै मात्र सरुवा भएर आएका विमानस्थल प्रमुख प्रवेज आलम सिद्धिकलाई टाउको दुखाई बनेको श्रोत बताउंँछ ।
प्रमुख सिद्धिक र कर्मचारी बीच आन्तरिक द्धन्द्ध बढ्दा सधै नियमित खुल्ने विमानस्थल आज ढिला खुलेको श्रोतको दाबी छ । नागरिक उड्ड्यन कार्यालयको नियमावली अनुसार मौसम खराब तथा अन्य समस्या भएपनि यहांँको विमानस्थल अपेरसन टावर तोकिएकै समयमा खुल्नुपर्ने हुन्छ । तर आज त्यो हुन सकेन । यस्तो लापरवाही र ग्रैह जिम्मेवारी पन इतिहासमै पहिलोपटक भएको श्रोत बताउंँछ । अन्तर्राष्ट्रिय उडान मापदण्ड अनुसार पनि यो ग्रैह कानुनी र गम्भिर लापरवाही मानिन्छ ।
तर उडान कम्पनीहरुले भने एयर ट्राफिक कन्ट्रोलर र प्रशासन कति बजे खुल्यो खुलेनन भने पत्तै पाएनन्। आज मौसम खराब हुनु र एटीसी अपरेसन ढिला खुल्नु संयोग मात्र भएको छ ।
नागरिक उड्डयन कार्यालयका नियम अनुसार भरतपुर विमानस्थलको हकमा बिहान ६ बजेदेखि १२ बजेसम्म र १२ बजेदेखि ६ बजेसम्म दुई सिफ्ट एटीसी र अपरेसन मा कर्मचारी ड्युटी हुनुपर्छ । बुद्ध एयरका शाखा प्रबन्धक भत्त बहादुर बस्नेत आज मौसम नै खराब भएकोले उडान ढिला भएको बताउंँछन । विमानस्थल प्रशासन, एटीसी कतिखेर खुल्छ या खुल्नुपर्ने यो जिम्मेवारी उडान कम्पनीको नभएको बताउंँछन । ‘आज भिजिविलीटी पनि थिएन , मौसम खराब भएकोले ७ बजेर ४० मिनेटमा उड्नु पर्ने पहिलो उडान सवा ९ बजेतिर उडेको चाहिंँ हो ।’ बस्नेतले भने । उनका अनुसार उडान हुनुभन्दा एक घण्टा अघि उडान कम्पनीहरुले सबै प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । भिजिविलीटी कम भएकै कारण नियमित तालिका भने प्रभावित हुने बस्नेतले बताए ।
गुण एयरलाइन्सका कर्मचारी कुलराज शर्मा पनि आफूलाई एटीसी विल्डिङ अपरेसन कतिखेर खुल्यो या खुलेन यसबारे कुनै जानकारी नभएको बताउंँछन । ‘हाम्रो पहिलो फ्लाइटनै ढिलो छ । आज मौसम पनि खराब थियो । एटीसी कतिखेर खुल्यो वा खुलेन मलाई थाहा भएन ।’ उनले भने ।
आफू मातहतका कर्मचारीले ड्यिुटी पुरा नगरे यसको सम्पूर्ण जिम्मेवारी विमानस्थलकै प्रमुखकको हुन्छ । तर एटीसी जाने मुख्य ढोकानै पौने घण्टा ढिला खुलेको बिषयमा आफू अनविज्ञ रहेको विमानस्थल प्रमुख सिद्धिक बताउंँछन् । ‘मलाई ढिला खुलेको भन्ने जानकारी भएन ? ढिला खुल्यो र? वेदर खराबीले होला , उनले भने, यसबारे मैले एयरलाइन्स कर्मचारी संँग पनि बुझे उहांँहरुबाट पनि त्यस्तो केही कम्प्लेन आएको छैन ।’ आफू २४ घण्टाजस्तो कार्यालय र विमानस्थल परिषरको क्वाटरमा रहेको हुनाले त्यस्तो समस्या नभएको उनको दाबी छ । तर प्रशासन प्रमुख र कर्मचारी बीचकै द्धन्द्ध र व्यवस्थापनको कमजोरीकै कारण विमानस्थलमा गम्भिर र चरम लापरवाही भएको श्रोतले बतायो ।